साग्रिलाले पुस १७ देखि ८० प्रतिशत हकप्रद जारी गर्ने



काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकले पुस १७ देखि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
बैंकले हकप्रद सेयर जारी गर्नको लागि मंसिर २७ मा बुक क्लोज गरेको थियो ।
मंसिर २६ गतेसम्म सेयरधनी रहेकाले ८० प्रतिशत हकप्रद सेयर किन्न पाउने छन् ।
हकप्रदमा आस्बा सदस्यमा सहभागि सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन गर्न सकिनेछ ।

त्यस्तै विक्री प्रबन्धकको कार्यालय कमलादी, सांग्रीला डेभलपमेन्ट बैंकको कार्यायल बालुवाटार तथा अन्य सम्पुर्ण शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ ।

प्रभु बैंकको शाखाहरु बनेपा, विराटनगर, वीरगञ्ज,जनकपुर, र दमक शाखाबाट पनि आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।


क्लिकमान्डु