आगलागीले सेयर कारोबारमा ढिलाई



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा भएको आगलागीले नियमित सेयर कारोबारमा ढिलाई भएको छ ।

सर्भर डाउन भएको हुँदा कारोबारमा ढिलाई भएको हो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आगलागीपछि विद्युत् आपूर्तिको प्रणाली परिवर्तन गरिएको हुँदा सर्भर डाउन भएको बताए ।

नेप्सेले विद्युत् आपूर्तिको व्यवस्था नयाँ तरिकाले गर्न लागेको र त्यसपछि सर्भर खोलिने जनाएको छ ।


क्लिकमान्डु