नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, सबै उपसूचक हरियो



काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा साताको चौथो दिन आज दोहोरो अंकको वृद्धि देखिएको छ । आज बुधवार नेप्से परिसूचक १०.५३ अंकले बढेर १ हजार ५ सय २०.७४ अंकमा रहन पुग्यो ।

त्यसैगरि नेप्से सेन्सेटिभ इन्डेक्स २.२० अंकले बढेर ३२०.७४ अंकमा रहेको छ ।

आज नेप्सेलाई बीमा, होटल, र उत्पादनमूलक समूहले बढाउन सहयोग गरे । आज सबै उपसूचकहरु हरियो भएका छन् । बीमा समूहको सूचकमा ५२.४८ अंकको वृद्धि भएको छ भने होटल्स समूहको परिसूचकमा ३८.०९ अंकको वृद्धि देखिएको छ । त्यस्तै उत्पादनमूलक समूहको परिसूचकमा ३२.८१ अंकको वृद्धि भएको छ ।

बजारमा आज धेरै कमाउने कम्पनीको पहिलो स्थानमा कुबेर मर्चेन्ट फाइनान्स लिमिटेड, छ भने त्यसपछि ललितपुर फाइनान्स, महुली सामुदायिक लघुवित्त संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंकलगायत रहेका छन् ।

धेरै गुमाउने कम्पनीहरुको पहिलो स्थानमा प्रोग्रेसभ फाइनान्स, खानीखोला हाइड्रोपावर, नेपाल हाइड्रोपावर डेभलपर्स, छ्याङ्गदी हाईड्रोपावर, मितेरी डेभलपमेन्ट बैंकलगायत रहेका छन् ।

नेप्सेमा आज कुल ३ हजार ८ सय ७७ कारोबारबाट १ लाख, ४३ हजार ८ सय ८७ कित्ता शेयर कारोबार भएको छ । आज कुल४८ करोड, ५९ लाख ११ हजार २ य ९८ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


क्लिकमान्डु