सिजी मोबाइलको फीचर फोन एस्ट्रो पावर बजारमा



काठमाडौं । सि जी मोबाइलको एस्ट्रो पावर नामक नयाँ फिचर फोन बजारमा सार्वजनिक भएको छ । यो एस्ट्रो सिरिजअन्तर्गत ल्याइएको नयाँ फिचर फोन हो ।

यसको बजार मूल्य २ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।

एस्ट्रो पावरमा २.४ ईन्चको डिस्प्ले स्क्रीन  र लाउड स्पिकर छ जसले गर्दा ग्राहकहरुले उच्च स्तरको भिडियो राम्रो आवाजमा हेर्न सक्नेछन् ।

फोनमा पावर बैंकको सुविधा रहेको कारण यसको खरिदमा ओटिजी केबल सित्तैमा आउँछ जसको मदतले ग्राहकहरुले अरु मोबाइलजन्य सामाग्रीहरु पनि चार्ज गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो फोनमा ५००० एमएएचको ब्याट्री, तीनवटा एलईडी लाइट भएको टर्च, वायरलेस एफएम र अरु मल्टीमिडिया जस्ता फिचर रहेको हुँदा कम्पनीले एस्ट्रो पावरलाई यो बिधाको सबै भन्दा बढी फिचर भएको फोनको रुपमा दाबी गरेको छ ।


क्लिकमान्डु