चुनाव सकिएको भोलिपल्टै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले चुनाव सकिएको भोलिपल्ट नै पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । चुनाव अगाडि नै मूल्य बढाएको निगमले प्रधानमन्त्रीको हस्तक्षपमा फिर्ता लिएको थियो ।

आज राति १२ बजेबाट लागु हुनेगरि निगमले पेट्रोलमा २ रुपैयाँ प्रतिलिटर, डिजेलमा ३ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा २५ रुपैयाँ प्रति सिलिन्डरका दरले मूल्य वृद्धि गरेको हो ।


क्लिकमान्डु