काठमाडौं ५ को पनि आयो सुरुआति परिमाण, इश्वर पोखरेल अगाडि




काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र ५ मा प्रतिनिधिसभा निर्वाचनको लागि भएको मतदानमा एमाले उम्मेदवार इश्वर पोखरेलको सुरुआति अग्रता देखिएको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार बामगठबन्धनका उम्मेदवार पोखरेलले ६८० मत पाएका छन् भने उनका प्रतिस्पर्धी काँग्रेस उम्मेदवार प्रकाशशरण महतले २९८ मत पाएका छन् ।

अहिलेसम्म जम्मा ११३४ मत गणना भएको छ ।


क्लिकमान्डु