नुवाकोटमा रामशरण र अर्जुन दुबै पछाडि, हेर्नुस् कसले कति मत ल्याए ?



काठमाडौं । नुवाकोट क्षेत्र नम्बर एक र दुई दुबै स्थानमा बाम गठबन्धनका उम्मेद्वार अगाडि लागेका छन् ।

एक नम्बर क्षेत्रमा पूर्व अर्थमन्त्री रामशरण महत ४५३ भोटले माओवादी केन्द्रका उमेद्वार हितबहादुर तामाङ भन्दा पछाडि परेका छन् भने २ नम्बर क्षेत्रका अर्जुननरसिंह केसी ११०० मतले पछाडि परेका छन् ।

अहिलेसम्म क्षेत्रनम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले ३ हजार ३३६ मत र रामशरण महतले २ हजार ८८३ मत ल्याएका छन् ।

नुवाकोट २ मा एमालेका नारायण खतिवडाले ३ हजार ७० मत ल्याउदा नेपाली काँग्रेसका अर्जुन नरसिंह केसीले १ हजार ९७० मत ल्यमएका छन् ।


क्लिकमान्डु