रुकुम पूर्वमा माओवादी बिजयी, मुस्ताङमा एमाले



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको लागि रुकुम पूर्वबाट बिजयको खाता खोलेको छ । माओवादी केन्द्रमका कमला रोका उक्त स्थानबाट बिजयी भएकी हुन् । उनले १० हजार ४ सय ३४ मत ल्याई विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत पाएका छन् ।

मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन । तुलाचन ३५४४ मत ल्याएर प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत पाए ।


क्लिकमान्डु