६७ प्रतिशत मतदान, अर्घाखाँचीको दुई स्थानमा पुनः मतदान हुने



काठमाडौं । निर्वाचन आयोगले ६७ प्रतिशत मतदान भएको जनाएको छ । दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा निर्वाचनमा ६७ प्रतिशत मत खसेको जानकारी दिएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगको भनाई छ ।

पहिलो चरणको तुलनामा दोस्रो चरणमा केही बढी मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पत्रकार सम्मेलन गरेर
जानकारी दिए। यसअघिको पहिलो चरणमा ६५ प्रतिशत मतदान भएको थियो।

सबै जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि ५ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो।

२ वटा मतदानकेन्द्रको मतदान स्थगित

अर्घाखाँचीको एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वाड नं. ५ मथुरा माविको ‘क’ र ‘ख’ मतदान केन्द्रको मतदान स्थगित भएको हो ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र दिन थालेपछि उक्त मतदान केन्द्रमा स्थानीयले तोडफोड गरेका थिए।आयोगले केही दिनपछि उक्त क्षेत्रमा मतदान गर्ने जनाएको छ।


क्लिकमान्डु