१० जिल्लाको मतगणना सुरु, मनाङ र मुस्ताङको आजै परिणाम आउने



फाइल

काठमाडौ  ।  पहिलो चरणमा निर्वाचन सम्पन्न भएका कुल ३२ जिल्ला मध्ये केही जिल्लामा आज साँझदेखि मतगणना सुरु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण अन्तर्गत यही मंसिर १० गते निर्वाचन सम्पन्न भएको थियो ।

जिल्लास्थित निर्वाचन आयोगका कार्यालयहरुकाअनुसार रसुवा, मुस्ताङ, मनाङ, जाजरकोट,भोजपुर, ताप्लेजुङ, गोरखा र धादिङमा मतगणना सुरु भएको छ ।

सम्वद्ध पक्षले दिएको जानकारीअनुसार मनाङ र मुस्ताङको आजै मध्यरातसम्म नजिता आउने जनाइएको छ । मनाङमा नेपाली काँग्रेस र नेकपा एमालेको मात्रै उम्मेदवार रहेका छन् ।

भोजपुरमा तीन वटा बुथमा छुट्टा छुटै मतगणना सुरु भएको छ । निर्वाचन आयोगकाअनुसार अरु जिल्लामा समेत मतगणना सुरु हुने जनाइएको छ ।

सिन्धुपाल्चोक जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ ।

निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो । जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिष्पर्धामा रहेका छन् ।

म्याग्दी आज साँझदेखि मतगणना सुरु भएको छ । सदरमुकाम बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो । मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान गरिएको छ ।

जिल्लामा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


क्लिकमान्डु