दाहाल, पौडेल र कोइरलाले मतदान गरे, मतदानपछि कसले के भने ?



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र काँग्रेस नेता शेखर कोइरलाले मतदान गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष  दाहालले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको बताए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेद्वार पौडेलले तनहुँको दमौली स्थित सत्यबती केन्द्रबाट भोट हालेका हुन् । उनले उक्त केन्द्रबाट सबैभन्दा पहिले मत हालेर मतदान सुभारम्भ गरेका हुन् ।

काँग्रेस नेता कोइरललाले विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेका छन् । उनले मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए ।


क्लिकमान्डु