चुनावलाई सेयर बजारले गर्यो यसरी स्वागत



काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने अघिल्लो दिन सेयर बजारमा हरियाली छाएको छ ।

नेप्से परिसूचक ११.६७ अंकले बढेको छ । निर्वाचन हुने दिन बिहीवार सेयर कारोबार हुने छैन । अब एकैपटक आइतबार मात्र सेयर बजार खुल्ने छ ।

निर्वाचन अगाडिको ३ दिन बजार बढ्ने अनुमान गरिएपनि अन्तिम दिनमात्र बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक १५३६.५४ पुगेको छ ।

नेप्सेमा बुधवार ६९ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधवार कारोबार भएको आधारमा समुहगत परिसूचकको आधारमा व्यापार बाहेक सबैको परिसूचक ओरालो लागेको छ ।


क्लिकमान्डु