ग्राण्ड मास्टर रम बजारमा, यस्तो छ मूल्य



काठमाडौं । जावाखेल ग्रुपअफ इन्डष्ट्रिज अन्तर्गतको विजय डिष्टीलरी प्रालिले नयाँ उत्पादन ग्राण्ड मास्टर रम बजारमा ल्याएको छ ।

रमको पारखीहरुलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिद्घारा उत्पादित उच्च गुणस्तरिय ग्राण्ड मास्टर रम उत्कृष्ट स्वादको साथ स्टाइलिस् बोतलमा बजारमा ल्याइएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । उक्त रम ७५०, ३७५ र १८० मि.लि. को बोतलमा आएको छ । यसको क्रमश बजार मूल्य १४००, ७०० र ३५० रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु