किन बन्द भयो फेसबुक म्यासेन्जर ?



काठमाडौं । लोकप्रिय सामाजिक सन्जाल फेसबुकको कुराकानी गर्ने माध्यम फेसबुक म्यासेन्जर डाउन भएको छ । प्रयोगकर्ताले फेसबुकको म्यासेन्जरबाट अहिले कुराकानी गर्न सकेका छैनन् ।

विश्वव्यापी रुपमा फेसबुक म्याजेन्जर डाउन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बेलायतबाट प्रकाशित हुने पत्रिका दि डेलीस्टारको अनलाइन संस्करणमा विश्वव्यापी रुपमा फेसबुक म्याजेन्जर डाउन भएको र प्रयोगकर्ताले सन्देश पठाउन नसकेको जनाएको छ ।

फेसबुक म्यासेन्जर डाउन भएको यो साताको दोस्रो पटक हो । यसअघि यो साता नै केही समयको लागि फेसबुकको म्याजेन्जर डाउन भएको थियो । फेसबुकले म्यासेन्जर डाउन भएको विषयमा केही बताएको छैन ।

चर्चित वेबसाइटहरूको डाउनटाइम मोनिटर गर्ने डाउन डिक्टेटरले मङ्गलबार साँझ नेपाली समय ५:०५ बजेदेखि डाउन भएका हजारौं रिपोर्ट आएको जनाएको छ ।

पछिल्लो १ घण्टादेखि म्याजेन्जर चलेको छैन । नेपालमा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मौन समय सुरु भएको छ ।

निर्वाचन आयोगले फेसबुक लगायतका सामाजिक संजालबाट पनि प्रचार गर्न नपाइने जनाएको छ । विश्वव्यापी रुपमा भएको फेसबुक म्यासेन्जरले निर्वाचनमा आंचारसहित विपरित गर्ने प्रचारलाई भने रोकिदिएको छ ।

तर, अहिले भने म्यासेन्जर सुचारु भइसकेको छ ।


क्लिकमान्डु