एशियालीहरु किन अंग्रेजी भाषामा ठूलो लगानी गरिरहेका छन् ?



अंग्रेजी भाषा सिक्न भनेपछि नेपालीहरु मरिहत्ते गर्छन् । देशभित्रै जागिर खान, व्यापार-व्यवसाय गर्न होस् वा विदेश जान, अंग्रेजी भाषा सिक्नेहरुको ठूलो जमात छ नेपालमा ।

भाषा सिकेर अध्ययन तथा कामको शिलसिलामा विदेशीने चलन त पछिल्ला वर्षहरुमा अत्याधिक छ । नेपालकै धेरै निजी अपिसमा कार्यरत कर्मचारीहरु अंग्रेजीमै बोल्ने गरेको हामीले देखिरहेका छौं । सुनिरहेका छौं ।

अझ भनौं कतिपयले भने अंग्रेजी भाषालाई फेसनकोरुपमा पनि लिएका छन् । अंग्रेजी बोल्यो भने आफू ट्यालेन्ट भएको कुरा अरुलाई देखाउन सकिन्छ भन्ने पनि मानसिकता छ । त्यसैले नेपालीहरुले पनि अंग्रेजी भाषा सिक्नका लागि राम्रै लगानी गरिरहेका छन् ।

नेपालीको कुरा छाडौं विश्वमा अंग्रेजी भाषमा धेरै लगानी गर्ने सूचीको दोस्रो नम्बरमा एशियालीहरु पर्न थालेका छन् । एशियालीहरुले अंग्रेजी भाषमा किन लगानी गरिरहेका छन् भन्ने विषय पछिल्लो समय चर्चामा छ ।

अंग्रेजी भाषाको प्रविणता सूचकका अनुसार युरोपपछि सबैभन्दा बढी अंग्रेजी भाषामा लगानी गर्ने एसीयाली मुलुहरु भएको पाइएको छ ।

८० देशबाट संकलन गरिएको तथ्यांक अनुसार स्ट्यान्र्डड अंग्रेजी परिक्षण (इएफ)मा एसीयालीहरु अगाडि बढिरहेको देखाएको छ ।

इएफ विश्वकै पहिलो र ठूलो निःशुल्क अंग्रेजी सिकाउने कम्पनी हो । उक्त कम्पनीले भाषा तालिम, शिक्षा ट्राभल, एकेडेमिक डिग्री र अनलाईनमार्फत् पनि सेवा दिँदै आएको छ ।

‘म यतिबेला आश्चर्यमा परेको छु, एसीयाली क्षेत्रमा भएको अंग्रेजी भाषामा लगानी व्यवापक छ,’ इएफका हङकङस्थित वरिष्ठ निर्देशक मिन एन ट्रानले भने ।

यसले एसीयालीहरुको आर्थिक बृद्धिसँगै अंग्रेजी भाषाको प्रयोग समेत बढ्दो देखाएको छ । चीनमा समेत पछिल्लो समय अंग्रेजी भाषा सिक्न जरुरी भएको छ । चीनका धेरै लगानी विभिन्न मुलुकमा गरिरहेकोले पनि अंग्रेजी भाषामा लगानी बढाइरहेको छ ।

एसीयामा सवैभन्दा बढी सिंगापुरमा भाषामा लगानी भएको छ । त्यसपछि मलेसिया, फिलिपिन्स, भारत पछि हङकङ रहेको छ । त्यस्तैगरी दक्षिण कोरिया, जापान र इन्डोनिसा पछि भने चीनले अंग्रेजी भाषामा लगानी गरिहरेको छ ।

निर्देशक ट्रानले आफ्नो मुुलुकको आर्थिक विकासका लागि पनि अंग्रेजी भाषा अनिवार्य रुपमा लगानी बढिरहेको बताए ।

बैदेशिक लगानी भित्र्याउन पनि पछिल्लो समय विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनलाई समेत अंग्रेजी भाषामा लगानी अपरिहार्य भएको निर्देशक ट्रानको भनाई छ ।

प्रत्येक वर्ष चीनबाट अमेरिका, बेलायत, अष्ट्रेलिय र क्यानाडा हजारौं विद्यार्थीहरु अध्ययनका लागि जाने गरेका छन् । पछिल्लो समय उक्त मुलुकहरुको लागि विद्यार्थी भित्र्याउने सबैभन्दा ठूलो मुलुक चीन रहेको छ ।

पछिल्लो ७ वर्षमा आर्थिक बृद्धिको द्रुत गतिसँगै चीनले शिक्षा र विदेशी भाषामा ठूलो लगानी गरिरहेको छ ।

चीनले राष्ट्रिय विदेशी भाषा कार्यक्रम २०२० घोषाणा समेत गरेको छ । जसका लागि ४ सय ५० बिलियन अमेरिकी डलर खर्च गर्ने योजना रहे्को छ । जसमा ८५ प्रतिशत लगानी शिक्षक तालिमको लागि छुट्याउँदै छ ।


पुष्प दुलाल