माओवादीका उम्मेद्वारको घर छेउमै बम पड्कियो



कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ ।

भट्टको घरबाट ३ सय मिटर टाढा रहेको नालामा आज बिहान करिब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ ।

बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । चुनाब नजिकिँदै जाँदा देशैभर बम बिष्फोट भइरहेका छन् । रासस


पुष्प दुलाल