कुलमानले भने- म कुनै पार्टीको पक्ष विपक्षमा छैन



काठमाडौं । नेपाल विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू कुनै अमूक पार्टीको पक्ष र विपक्षमा नरहेको बताएका छन् ।

कुलमान एउटा पार्टीको पक्षमा रहेको भन्दै सामाजिक सञ्जालमा व्यापक प्रचार प्रसार भएपछि उनले त्यस्तो प्रतिक्रिया दिएका छन् ।

कुलमानले कम्युनिष्टहरु ढोंगी हुने भएकाले आफू कांग्रेसको पक्षमा रहेको भनेको भन्दै केही सञ्चारमाध्यममा समाचार आएका थिए ।

उनको सो समाचारप्रति चौतर्फी टिप्पणी भएपछि कार्यकारी निर्देशक घिसिङले स्पस्टिकरण दिँदै आफू कुनै पनि पार्टीको पक्ष र विपक्षमा नभएको प्रष्ट पारे ।

घिसिङले आफूले भन्दै नभनेको विषयलाई समाचार बनाइएको र मिडियाले गलत समाचार सम्प्रेषण गरेकोमा दुःख व्यक्त गरे ।

कुलमानले फेसबुकमा लेखेका छन् ‘मैले बोल्दै नबोलेको कुरालाई केही सञ्चारमाध्यमले मेरो हवाला दिएर चुनाव सम्वन्धी सामाग्री सम्प्रेषण गरेको पाइएकोले खेद व्यक्त गर्दछु । यस्ता गलत समाचार सम्प्रेषण नगर्नु हुन हार्दिक अनुरोध गर्दछु ।’


पुष्प दुलाल