पहिलो ‘प्यासेन्जर जेट’ ल्याउने थाई एअरवेजले गर्यो नेपालमा ५० वर्ष पुरा



काठमाडौं । थाई एअरवेजले नेपालमा उडान सुरु गरेको ५० औ वर्ष पुरा गरेको छ । सन् १९६८, डिसेम्बर ४ गते थाईले पहिलो पटक नेपालमा आफ्नो उडान भरेको थियो ।

प्यासेन्जर जेट नेपालमा भित्राउने पहिलो उडान समेत रहेको थाई एअरलेनै नेपाललाई विश्वका अन्य भागहरुमा समेत परिचित बनाएको थियो । सुरुवाती दिनहरुमा साप्ताहिक रुपमा उडान भर्ने थाईले बिस्तारै बढ्दो मागसँगै आफ्नो उडानको संख्या बढाएको थियो ।

सन् १९९७, अक्टोबर देखि थाईले नेपालमा दैनिक रुपमा एयरबस ३००-८०० सिरिजको जहाज मार्फत उडान गरेको थियो । सन् १९९८, नोभेम्बरमा भिजिट नेपाल १९९८ लाई समर्थन गर्दै नेपालमा बोईङ ७७७-२०० सिरिजको ठूलो जहाज मार्फत उडान गरेको थियो ।

५० वर्षको यात्रामा थाईले विभिन्न ऐतिहासिक सफलताहरु आफ्नो हात पारेको छ । सन् १९८५, नोभेम्बरमा काठमाडौंमा कम्प्युटरको माध्यमबाट रिर्जभ गर्ने पहिलो एअरलाईन्सको रुपमा थाई स्थापित भएको थियो । थाईले विभिन्न ट्राभल एजेन्टहरुलाई समेत सन् १९९० देखि यो सेवा प्रदान गर्दै आएको छ ।

थाईले निरन्तर रुपमा विभिन्न नयाँ गन्तव्यतर्फ आफ्नो रुट विस्तार गर्दै आएको छ । थाईको आफ्नै सिल्कक्लास लन्ज, आफ्नै ग्राउण्ड ह्यान्डलिङ्ग सर्भिस, रोयल अर्किड होलिडे प्याकेज, आफ्नै टेक्निकल ह्यान्डलिङ्ग सर्भिस र फस्ट इन-फ्लाइट म्यागेजिन-सवादी ले समेत थाईमा थप र नयाँ आयाम जोडेको छ ।


क्लिकमान्डु