नेशनल लाइफ इन्स्योरेन्सद्वारा बिमित परिवारलाई ३८ लाख ५ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई ३८ लाख ५ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले मंसिर १५ गते तुलसीपुर उपमहानगरपालिका–५ का रत्नबहादुर वलीको धर्मपत्नी कौशिला वलीलाई मृत्यु दाबी स्वरुप चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक कम्पनीका सिइओ भरत बस्नेतले हस्तान्तरण गरेका हुन् ।

आरके सप्लायर्सका प्रोप्राइटर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नबहादुर वलीले इन्स्योरेन्सबाट २५ लाख रुपैयाँको जीवन बीमा गरेका थिए । बिमितको निधन भएकाले कम्पनीले बीमा दाबी भुक्तानी गरेको जनाएको छ ।


पुष्प दुलाल