हातखुट्टा बाँधेर लडाउँदै मुखमा कपडा कोचेर गहना लुटियो



पाल्पा । माथागढी गाउँपालिका-२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् ।

घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् ।

श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताइन् ।

‘खुकुरी देखाएर मुखमा कपडा कोच्यो, हात खुट्टा बाँध्यो र मेरो नाक कानका गहना, र छिमेकी नन्दहरूको गहना थुत्यो, ३ वर्षको छोरोको कानको मुन्द्रीसमेत थुतेर लग्यो,’, कल्पनाले भभनिन्, ‘बच्चाको भुड्की, कोर्ट, पाइन्ट, चस्मा, लत्ताकपडा, चार र पाँच तोला सुन र नगद चोरी गरेर लगेको छ ।’

लुटपाटको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगी तथ्य संकलन गरि फर्केको छ । त्यस क्षेत्रमा रातभरि गाडी ओहोरदोहोर गरेका छन् । रासस


क्लिकमाण्डू