अमेरिका भन्छ ‘फ्रि इन्टरनेट’ बन्द गर्नुपर्छ, हाम्रा नेता भन्छन् सबै तिर निःशुल्क वाइफाइ



काठमाडौं । पछिल्लो समय नेपालमा चुनावी सिजन चलिरहेको छ । हरेक नेताले भाषणगर्दा वाइफाई फ्रि गर्ने देखि आफ्नो निर्वाचन क्षेत्र प्रबिधिमैत्रि हुने दाबी गरिरहेका छन् । यस्तोमा अमेरिकी सरकारी संस्थाले इन्टरनेट न्युट्रिलिटी र फ्री इन्टरनेट जस्ता नियमलाई समाप्त गर्ने कुरा अगाडि ल्याएको छ ।

यो बिषय भर्रखरै हरेक नेपालीले चलन चल्तिमा ल्याएको बिषय हो । सन् २००० ताका करिब २ प्रतिशत नेपालीको मात्रै पहुँच रहेको इन्टरनेट सुबिधा पछिल्लो दिनमा बढेर करिब ७० प्रतिशत नेपालीको पहुँचमा पुगेको बिभिन्न तथ्याङकले देखाएको छ । यस्तोमा यो बिषय नेपालमा काम गर्ने व्यक्तिहरुसँग सिदै जोडिएको हो ।

नेट न्यूट्रेलिटी, फ्री इन्टरनेट, नेटवर्क इक्वेलिटी र ओपन इन्टरनेट आदि सबैभन्दा जटिल र प्राबिधिक शब्द हुन् ।

के हो ‘नेट न्युट्रिलिटी’ ?
फ्री इन्टरनेटको इस्यूको बारेमा जानकारी नहुनुको कारणले कयौँ मानिसहरु इन्टरनेट मुक्तलाई निशुल्क इन्टरनेट सोची रहेका छन् ।

के हो ‘इन्टरनेट न्युट्रिलिटी’ ?
इन्टरनेट यूजर्सका लागि समान स्पिड र समान मूल्यमा इन्टरनेट उपलब्ध गरिने बिचार नै ‘इन्टरनेट न्युट्रिलिटी’ हो ।
यसलाई यसरी पनि बुझन सकिन्छ । सोच्नुहोस् यदी तपाईको सेवाप्रदायक कम्पनीहरु तपाईलाइ वाट्सएप देखि ट्विटर जस्ता अन्य मोबाइल एपको लागि फरक फरक डेटा प्लान दिन थाले भने के हुन्छ होला ?

मानौ वाट्सएपको प्याकको मूल्य १०० रुपैयाँ र ट्विटरको प्याकको मूल्य २०० रुपैयाँ भयो । तर दुबै मोबाइल एपको प्रयोगको लागि तपाइलाई इन्टरनेट नै जरुरी हुन्छ ।

कसरी सम्भब हुन्छ फ्रि इन्टरनेट ?
इन्टरनेट सेवा अत्यन्तै महंगो सेवा मध्यमा पर्ने गर्छ । नेपाली टेलिकम प्रोभाइडर तथा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बिभिन्न किसिमको योजना र प्लानसहित आफ्नो सेवा बेचिरहेका छन् । यस्तोमा राज्यले ठुलो लगानी गर्न सकेमात्रै नेपालमा फ्रि वाइफाईको सपना पुरा हुन सक्छ । त्यसको लागि आवस्यक लगानी गर्न सक्ने अबस्थामा नेपाल सरकार रहेको छैन ।

त्यसैले युरोप र अमेरिका जस्ता देशमा अत्यन्त महंगो रहेको इन्टरनेट नेपालमा फ्रि हुन्छ भन्ने मान्न सकिने अबस्था छैन ।


क्लिकमान्डु