कम्युनिष्टले भनेजस्तो शासन आयो भने नागरिक स्वतन्त्रता रहँदैनः बिनोद चौधरी



काठमाडौं । वरिष्ठ उद्यमी विनोद चौधरीले कम्युनिष्टले भने अनुसारको शासन आउने हो भने पेशा व्यवशाय गर्ने नागरिक स्वतन्त्रता नरहने ताएका छन् ।

हटौडा, सिराह, सप्तरी, सर्लाही र विरगंजमा आयोजित कांग्रेसको चुनावी आमसभामा बोल्दै डलर अर्बपति चौधरीले लोकतान्त्रिक व्यवस्थामा मात्रै नागरिकले स्वतन्त्रताको भरपूर उपयोग गर्न पाउने बताए ।

‘यो मुलुकमा २०४६ सालपछि कांग्रेसकै उदारिकरणको नीतिका कारण हामीले अहिले स्वतन्त्रतापूर्वक पेशा र व्यवशाय गर्न पाएका हौ,’ उनले भने ‘तर लोकतान्त्रिक व्यवस्था बाहेक कम्युनिष्टले भने अनुसारको शासन आउने हो भने पेशा व्यवशाय गर्ने नागरिक स्वतन्त्रता रहदैन ।’

मुलुकमा राजनीतिक आन्दोलन सकिएर आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढाउनु पर्ने समय भएकाले कांग्रेसले मात्रै त्यस्तो जिम्मेवारी पुरा गर्नसक्ने चौधरीको भनाई छ । उनले मुुलुकमा स्वदेशी र विदेश लगानी भित्राएर लाखौको रोजगारी सिर्जना गरि मुलुकलाई समृद्धितर्फ अधि बढाउनु पर्नेमा जोड दिए ।

‘स्थानीय कच्चा पदार्थ र कृषिजन्य वस्तुहरुको वजारीकरण गरेर स्थानीय तहलाई आर्थिक रुपमा सवल बनाउन सकिन्छ,’ चौधरीले भने ।

२०४८ सालमा कांग्रेसको सरकारले सुरु गरेको क्रान्तिकारी आर्थिक सुधारकै आधारमामा अहिलेसम्म मुलुकलाई धानेर राखेको उनको दाबी थियो ।

‘२० बर्षका राजनीतिक अस्थिरताका बावजुत पनि कांग्रेसकै नीतिका कारण मुलुकलाई आर्थिक रुपमा धान्न सम्भव भएको हो,’ चौधरीले भने, ‘त्यो बेला कांग्रेसले खोलिएका ढोकाहरु सवल अर्थतन्त्रका लागि आजसम्म जारी छन् । त्यसलाई नयाँ उर्जा दिनु आजको आस्यकता हो । अव नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले आर्थिक विकासको उचाई लिनेछ ।’

चौधरीले आर्थिक र भौतिक विकासलाई कसरी उचाईमा पु¥याउने भन्ने कांग्रेसले मात्रै खाका कोर्न सक्ने पनि जिकीरसमेत गरे । लोकतान्त्रिक पार्टीले मात्रै वलियो अर्थतन्त्र बनाउन सक्ने बताउँदै कांग्रेसकालाई बहुमत दिन सर्वसाधारणसँग अपिल गरे ।


पुष्प दुलाल