‘टाइगर प्यालेस’ले पायो ५ तारे होटलको मान्यता



काठमाडौं । रुपन्देहीको कोटिहवामा निर्माण भएको ‘टाइगर प्यालेस’ होटलले सरकारबाट ५ तारे होटलको मान्यता पाएको छ ।

पर्यटन विभागले ‘टाइगर प्यालेस’लाई पाँच तारे होटलको मान्यता दिएको हो । काठमाडौं बाहिर विदेशी लगानीमा फाइव स्टार होटलको मान्यता पाउने ‘टाइगर प्यालेस’ पहिलो होटल बनेको छ ।

हङकङको सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिको लगानी रहेको सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि ‘टाइगर प्यालेस’ ३ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको हो ।

सिल्भर हेरिटेज कम्पनीका अध्यक्ष राजेन्द्र बजगाईँले उपत्यका बाहिर ५ तारे होटलको मान्यता पाउने पहिलो होटल ‘टाइगर प्यालेस’ भएको जानकारी दिए ।

होटल गत भदौ देखि संचालनमा आइसकेको छ । १५ बिगाह क्षेत्रफलमा फैलिएको होटलले भारतीय पर्यटकलाई लक्षित गरेर क्यासिनो समेत खोल्ने जनाएको छ ।

कम्पनीले अहिले काठमाडौंको होटल साग्रिलामा क्यासिनो संचालन गरेको छ । झापामा पनि ५ तारे होटल खोल्ने तयारी गरेको छ ।

रिसोर्टका रुपमा यस्ता छन् सुविधा

रिसोर्टका कोठाहरु डिलक्स, सुपर डिलक्स, स्वीटमा तयार भएका छन् । रिसोर्टमा स्वीट रुम र पौडी पोखरी आपसमा जोडिएका छन् । सबै स्वीट रुमबाट सिधै स्वीमिङ पुलमा ‘डाइभ’ हान्न सकिने छ । स्वीट रुमका लागि भिल्लाहरु समेत निर्माण भएका छन् ।

६ महिना अगाडीनै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भएता पनि राष्ट्रबैंकमा प्रशासनिक प्रक्रिया नपुग्दा पैसा आउन ढिला भएको थियो । रिसोर्टमा पहिलो चरणको काम सम्पन्न गर्न दुई अर्ब खर्च गरिएको छ ।

अनुमान गरिएको छ । दोस्रो चरणमा कोठाहरु थप्नका लागि एक अर्ब लाग्ने अनुमान छ । रिसोर्टले खर्चालु पर्यटक भित्राउने लक्ष्य राखेको छ । खासगरी इन्डियन फेमिली र विवाह गर्ने खानदानी परिवारलाई रिसोर्टमा ल्याइने छ । पछिल्लो समय भारतका खानदानी परिवारले नेपाल आएर विवाह गर्न थालेका छन् । यही समुदायलाई रिसोर्टले आकर्षित गर्ने लक्ष्य राखेको छ ।

रिसोर्टमा ७ सय जना अटाउने ठूलो हल रहेको छ । अरु साना हलहरु पनि रिसोर्टमा हरेका छन् । रिसोर्टमा एउटा ठूलो र केही साना स्वीमिङ पुलहरु समेत रहेका छन् । रिसोर्टमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फनपार्क लगायतका सुविधाहरु रहेका छन् ।


क्लिकमान्डु