१० अर्ब अनियमितता गरेका चुणामणि शर्माले १ करोड धरौटी बुझाए



काठमाडौं । १० अर्ब रुपैयाँ अनियमितताका गरेको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले १ करोड रुपैयाँ धरौटी बुझाएका छन् ।

कर फर्योट आयोगमा रहँदा शर्माले कर छुट दिई १० अर्ब रुपैयाँभन्दा बढी अनियमितता गरेको भन्दै गत १९ जेठमा पक्राउ गरेको थियो ।

मंगलबार बयानका लागि उपस्थित भएका शर्माले विशेष अदालतलाई १ करोड रुपैयाँ धरौटी बुझाएका हुन् । शर्माले नेपाल इन्भेष्टमेन्ट बैंकबाट १ करोड रुपैयाँको बैंक ग्यारेन्टी अदालतलाई बुझाएका हुन् ।


पुष्प दुलाल