११ बर्षीय बालिकाले उत्कृष्ट युवा वैज्ञानिकसँगै २५ हजार डलर जितिन्



काठमाडौं । ११ बर्षीय गिताञ्जली रोयले अमेरिकाको उत्कृष्ट युवा वैज्ञानिक पुरस्कार जितेकी छिन् । ७ कक्षामा अध्ययनरत छात्रा रोयले पिउने पानीमा सिसाको मात्रा पत्ता लगाउने एकिकृत डिभाइस निर्माण गरेर सो पुरस्कार जितेकी हुन् ।

उनको डिभाइसले अन्य प्रविधिभन्दा पानीलाई छिटो सफा गर्ने र सस्तो हुने विश्वास लिएकी छिन् ।

पुरस्कारसँगै उनले २५ हजार अमेरिकी डलर पनि जितेकी छन् । पुरस्कारको पैसाले आफ्नो प्रविधिलाई अझ विकसित गरेर विक्रीका लागि योग्य बनाउने उनले लक्ष्य लिएकी छिन् ।

११ बर्षीय बालिकाको आविष्कारलाई पानीको शुद्धताका लागि काम गर्ने संस्थाहरुले प्रशंसा गरेका छन् ।


पुष्प दुलाल