चिनियाँ स्मार्टफोन ब्राण्ड भीभो नेपाली बजारमा



काठमाडौं। चिनियाँ स्मार्टफोन ब्राण्ड भीभो नेपाली बजारमा भित्रिएको छ । कम्पनीले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गर्ने रणनीतिअनुसार नै बजारमा आएको हो ।

कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रमकाबीच बजारमा उपस्थित भएको घोषणा गरेको छ । कम्पनीले सोहि अवसरमा भिभो भि सेभेन स्मार्टफोन पनि सार्वजनिक गर्यो ।

कार्यक्रममा भिभोका नेपालका प्रमुख कार्यकारी निर्देशक पिटर ओउले भिभो विश्वको उत्कृष्ट ब्राण्डहरुमध्ये भएको र नेपालमा पनि यसले सफलता पाउने आशा व्यक्त गरे ।

यो फोन विश्वको उत्कृष्ट सेल्फी फोन भएको कम्पनीको दावी छ । कम्पनीकाअनुसार भिभोको ‘भि ७’ मा २४ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । जसमा राति सेल्फी लिनका लागि ‘सेल्फी फ्ल्यास सफ्ट लाईट’ समेत समावेश गरिएको छ । त्यस्तै १६ मेगापिक्सेलको ‘अल्ट्रा एचडी’ फोटो इफेक्टसहित रियर क्यामेरा राखिएको छ ।


क्लिकमान्डु