नोकिया ८ स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य



काठमाडौं। नोकियाले नोकिया ८ स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराएको छ । यो हाई पर्फमेन्स भएको नोकिया पहिलो नयाँ जेनेरेसनको स्मार्टफोन हो ।

जेसिस्–अप्टिक्स र ओजो स्पाटिया ३६० डिग्री अडियो यसका थप विशेषता हुन् । एडभान्स आल्मुनियम युनिबडी डिजाईन भएको नोकिया ८ मा लाईभ स्ट्रीमिङ्गको लागि ड्यूल साईट मोड र स्प्लिट स्क्रिन भिजुअल पनि राखिएको छ ।

नोकिया ८ मा एण्ड्रोइड ८.० ओरियोको संस्करण राखिएको छ ।

सो मोडलमा प्रयोगकर्ताको चाहना अनुसार, स्मार्टफोनका हरेक आधारभुत विशेषताहरु समेटी ब्याट्री व्याकअप पनि राम्रो राखेको छ । यसमा रहेको लिक्विड कुलिङ सिस्टमले गर्दा फोनमा गेम खेल्दा फोन तात्तिने समस्या न्यून रहेको कम्पनीको दाबी छ ।

नोकिया ८ एकदमै राम्रो देखिने आकर्षक फोन हो । यसमा रहेको ५.३ इन्चको क्यूएचडि डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १४४०×२५६० तथा ५५४ पिक्सेल प्रति ईन्च डिस्प्ले रहेको छ ।

यो स्प्लास रेसिटेन्ट एन्ड्रोईड ७.१.१ स्मार्टफोनमा दुईवटा नेभिगेसन बटन को बीचमा फिङ्गरप्वाइन्ट स्क्यानर पनि रहेको छ । यसको क्विक चार्ज ३.० प्रविधिले फोन छिट्टै चार्ज हुने र दिनभरी नै धेरै फोन कल्सहरुमा ढुक्कसँग कुरा गर्न सकिन्छ ।

फोनमा १.८ क्वालकम स्न्यापड्रागन ८३५ चिपसेटले फोनको पावर निकै राम्रोसँग सन्तुलित गर्छ । ४ जीबी र्याम रहेको नोकिया ८ मा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ जसलाई बढाएर २५६ जीबीसम्म बिस्तार गर्न सकिन्छ ।

नोकिया ८ मा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ भने १३ मेगापिक्सेलको ड्यूल रियर क्यामरा राखिएको छ ।

बजारमा नोकिया ८ स्मार्टफोन ६२ हजार ९ सय ९९ रुपैयाँमा किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु