नेपालको चीनमाथि सानदार जित




काठमाडौं । थाइल्याण्डमा जारी आइसीसी महिला ट्वान्टी ट्वान्टी विशवकप एशिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । चीनमाथि सानदार विजय हासिल गरेपनि नेपाल विश्वकप छनोटबाट बाहिरिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २ रन बनाएको थियो । चीन १८.२ ओभरमा ५२ रनमा अल आउट भयो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन, काजल श्रेष्ठले १६ रन बाइन् । नेरी थापाले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
नेपाललाई विजयी गराउन सब्नम राई र रुविना क्षेत्रीले समान ३/३ विकेट लिन सफल भएका छन् ।


पुष्प दुलाल