‘ब्लाक फ्राइडे’ सेल जसले जेफ बेजोसलाई १०० खर्बको मालिक बनायो



काठमाडौं । ‘ब्लाक फ्राइडे’ मा भएको खरिदबिक्रीले अमेरिकाका जेफ बेजोस १०० बिलियन अमेरिकी डलर(१०० खर्ब नेपाली रुपैयाँ)को मालिक बनेका छन् ।

उनको कम्पनी इ कमर्श साइट अमेजनडटकमको सम्पत्ती ‘ब्लाक फ्राइडे’ दिनमात्र २ अर्ब ४० करोड अमेरिकी डलरले बढेको थियो ।

ब्लूमबर्ग इन्डेक्सका अनुसार जोसेफसँग अब १०० अर्ब अमेरिकी डलर सम्पत्ती छ । यो बिल गेट्सको तुलनामा ११ अर्ब अमेरिकी डलर बढी हो । बिल गेट्सँग ८९ अर्ब अमेरिकी डलर सम्पत्ती रहेको छ ।

विश्वका धनी व्यक्तिले सम्पत्तीमा १०० अर्बको रेकर्ड छोएको भने यो दोस्रो पटकको हो । १८ वर्ष अगाडि बिल गेट्सले यो आकडा छोएका थिए ।

सपिङमा अत्याधिक छुट दिइने ‘ब्लाक फ्राइडे’ को कल्चर अमेरिका युरोप हुँदै भारतसँग भित्रिएको छ ।

नोबेम्बर महिनाको अन्तिम शुक्रबार मनाइने ‘ब्लाक फ्राइडे’सँगै अमेरिका र युरोपमा क्रिसमस र नयाँ वर्षको लागि सपिङको सुरुवात हुन्छ ।

भन्नको लागि एक दिन भनिएपनि यो चार दिनसम्म मनाइने गर्छ । यसको सुरुवात ‘थ्याङ्स गिभिङ डे’ बाट हुन्छ । यसमा १०० अर्ब डलरको कारोबार हुने अनुमान गरिएको छ ।

चीनमा यस्तै छुट दिने ‘सिङ्गल डे’ मनाइन्छ ।

अमेजनडटकमका संस्थापक बेजोस सन् १९९८ मा यसको सेयर सूचिकृत भएपछि अर्बपतिमा सूचिकृत भएका थिए । अमेजनसँग अमेरिकी पत्रिका वासिटन पोस्टको पनि बहुमत स्वामित्व रहेको छ ।


क्लिकमान्डु