जस्तो रक्सी पिइन्छ, मानिसको व्यवहार पनि त्यस्तै !



काठमाडौं । एक अध्ययनअनुसार फरक किसिमको रक्सीले मानिसको व्यवहारमा फरक असर गर्ने देखिएको छ ।

अनुसन्धानकर्ताका अनुसार स्पिरिटले मानिसलाई आक्रमक, सेक्सी तथा भावुक बनाउँछ । तर, रेड वाइन वा बियर पिउनाले मानिसले आनन्द पाउने छन् ।

स्पिरिटमा अल्कोहलको मात्रा धैरै हुन्छ । त्यसले मानिसको भावनामा अधिक असर गर्छ । जसका माध्यमबाट मानिसको पिढालाई एक–एकगरि एकिकृत हुन्छ ।

यस अध्ययनमा अनुसन्धानकताले २१ देशका १८ देखि ३४ बर्ष उमेरका ३ हजार मानिसहरु सहभागी थिए ।

थोरै रक्सी पिउनाले शरिरलाई राहत मिल्छ । तर, अध्ययनकर्ताले रक्सीको लतको खतराबाट बच्न सुझाएका छन् ।

लामो समयसम्म रक्सी पिउनाले मानिसमा यसलाई पचाउन सक्ने क्षमता विकसित हुन्छ । र, मानिसले सकारात्मक भावना पैदा गर्नका लागि थप रक्सी पीउन सक्ने सम्भावना हुन्छ ।

पब्लिक हेल्थ वेल्स एनएचएस ट्रस्टका अनुसन्धानकर्ता प्रोफेसर मार्क बेलीजका अनुसार त्यस्तो मानिसमा नकारात्मक भावना आउन सक्ने खतरा पनि रहन सक्छ ।

गोप्य अनलाईन सर्वेमा सहभागी मानिसहरुको अनुभव यस प्रकारको छ

१. व्हाइट वाइनको तुलनामा रेड वाइनले अधिक राहत दिन्छ ।
२. रेड वाइन वा बियर पिउनाले अधिक निश्चिन्ताको भावना पैदा हुन्छ ।
३. सर्वेमा सहभागि ४० प्रतिशतभन्दा धेरै मानिसका अनुसार स्पिरिटले पहिलेभन्दा सेक्सी महसुस बनाउँछ ।
४. आधाभन्दा धेरै मानिसका अनुसार स्पिरिटले उनीहरुमा धेरै उर्जा र आत्मविश्वास बनाउने बताएका छन् ।
५. तर, एक तिहाई मानिसले स्पिरिट पिउनले उनीहरुको व्यवहारमा आक्रमता आएको बताएका छन् ।
६. अन्य रक्सीको तुलनामा स्पिरिटले आक्रमता, बेचैनी वा भावुकताको भाव अधिक आउँछ ।
७. सबै प्रकारको रक्सी । विषेशगरि कडा रक्सीबाट आक्रमताको भावना महिलाको तुलनामा पुरुषमा अधिक हुन्छ ।

कति रक्सी पिउनु सुरक्षित ?

यो अध्ययन व्यवहारीकताको आधारमा गरिएको हो ।

प्रोफेसर बेलीजको भनाई अनुसार रक्सी घरमा वा बाहिर पिउनु महत्वपूर्ण कारक हो ।

उनले भने,‘स्पिरिट जस्तो हार्ड ड्रिंक धेरै जस्तो बाहिर पिइन्छ, वाइन मानिस घरमा खानाका साथमा खान्छन् ।’

तर, यो इच्छामा निर्भर हुन्छ । यदि कोही थोरै आराम चाहन्छनु भने बियर वा वाइन पिउन मन पराउँछन् ।

उनका अनुसार जसरी अलग अलग रक्सीको प्रचारित गरिएको छ । मानिसले त्यसलाई मूड अनुसार छान्ने गरेका छन् । तर यसले नकारात्मक भावना पनि भड्काउन सक्नेछ ।

इग्ल्याण्डका चीफ मेडिकल अफिसर्स दिशानिर्देशकका अनुसार क्षतिबाट बच्नका लागि महिला र पुरुषले हप्तामा १४ यूनिटभन्दा धेरै रक्सी पिउनु हुन्न ।

यो भनेको १२ प्याक स्पिरिट, ६ पिन्ट बियर वा १ सय ७५ मिलीलीटरको ६ गिलास वाइन बराबर हुन्छ । एब पिन्ट (इग्ल्याण्ड) ५ सय ६८ मिलीलीटरको बराबर हुन्छ ।


पुष्प दुलाल