टेलिकमको अफरः प्रतिमिनेट ४५ पैसामै कुरा गर्न सकिने, यसरी सुचारु गर्नुस् सेवा



काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अव प्रति मिनेट ४५ पैसामै कुरा गर्न पाउने भएका छन् । टेलिकमले आफ्नो नेटवर्कमा ‘अल टाइम भ्वाइस प्याक’ मार्फत उक्त सेवा दिन लागेको हो । हाल टेलिकमको सेवा प्रतिमिनेट १ रुपैयाँ ५० पैसासम्म रहेको छ ।

सस्तोमा फोनगर्न टेलिकमले ल्याएको १२०० मिनेटको लागि ५ सय ५० रुपैयाँको प्याकेज लिनु पर्ने हुन्छ । ग्राहकले उक्त प्याकेज ६० दिन भित्र प्रयोग गर्नुपर्ने छ । त्यस्तैगरी ३ सय रुपैयाँमा ६ सय ५० मिटेनको प्याकेज पाउने छन् ।

जसको लागि ३० दिनको समयअवधी हुने छ । त्यस्तैगरी २ सय रुपैयाँ ४ सय २५ मिनेट, १ सय रुपैयाँमा २ सय मिनेट, ५० रुपैयाँमा ७५ मिनेट, २५ रुपैयाँमा ३० मिनेट र १० रुपैयाँँमा ११ मिनेटको प्याकेज टेलिकमले सार्वजनिक गरेको हो ।

टेलिकमले माघ २४ गते सम्मको लागि यो अफर सार्वजनिक गरेको हो । सेवा लिनको लागि स्टार १४१५ स्टार १ ह्यास्ट्याग गरेर यो प्याकेज लिन सकिने टेलिकमले जनाएको छ ।


क्लिकमान्डु