अब तपाईंको स्वास्थ्य बीमा १ लाख रुपैयाँको



काठमाडौं । सरकारले स्वास्थ्य बीमालाई विषेश प्राथमिकताका साथ अघि बढाएको छ । यसअघि एक परिवारको ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा हुँदै आएकोमा अब त्यसलाई बढाएर १ लाख रुपैयाँ बनाउन लागिएको छ ।

यो व्यवस्था गरिएसँगै कुनै पनि ५ जनाको परिवार भएको परिवारका सदस्यहरुले १ लाख रुपैयाँसम्मको उपचार खर्च निःशुल्कजस्तै हुने भएको छ ।

संसदबाट पारित राष्ट्रिय स्वास्थ्य बीमा ऐन कार्यान्वयनका लागि तयार भइरहेको नियमावलीको मस्यौदामा १ लाख रुपैयाँ पुर्याइने उल्लेख छ ।

यसअघि कार्यक्रमअन्तर्गत ५ जनाको परिवारले वार्षिक २५ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरेपछि ५० हजार रुपैयाँसम्मको उपचार सेवा पाउँदै आएका थिए ।

अब सरकारले बीमा शुल्कमा पनि विषेश छुट गराउने भएको छ । वर्षभरिमा एउटा पनि बीमा दाबी नपरे नगरे नविकरणमा अरु थप छुट पाउने नियमावलीमा उल्लेख छ ।


पुष्प दुलाल