बजाजका बाइक किन्दा पेट्रोल बाहेक २ वर्षसम्म सबै खर्च कम्पनीले नै ब्यहोर्ने



काठमाडौं । बजाज मोटर साइकलले हालैमात्र ग्राहकका लागि आकर्षक नयाँ अफर ल्याएको छ । जसमा बजाजका डिस्कोभर बाइक किन्ने ग्राहकले २ वर्षसम्म निःशुल्क स्पेयर, इन्जिन आयल, सर्भिसिङ र लेबल खर्च कम्पनीले नै व्यहोर्ने छ ।

यो अफर कात्तिक ५ गतेदेखि सुरु भएको बजाजका मार्केटिङ म्यानेजर सुनिल मानन्धरले क्लिकमाण्डूलाई जानकारी दिए । मानन्धरका अनुसार यो अफर कहिलेसम्म लागु हुन्छ भनेर कम्पनीले समय भने तोकेको छैन ।

बजाज डिस्कोभर १५० बाइकको मूल्य २ लाख ३ हजार ९ सय रुपैयाँ रहेको छ भने डिस्कोभर १२५ बाइक (डिस्क) को मूल्य १ लाख ८६ हजार ९ सय रुपैयाँ रहेको छ ।

त्यसैगरी, डिस्कोभर १२५ बाइ (डुर्म) को मूल्य १ लाख ७८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।


पुष्प दुलाल