खोला किनारका जग्गाधनी मर्कामा, २० मिटर छोडेरमात्रै घर बनाउन पाइने



काठमाडौं । काठमाडौं उपत्यकाको खोलामा जथाभावी भौतिक संरचना निर्माण गर्न नपाइने भएको छ ।

नदी बहाव क्षेत्रलाई व्यवस्थित बनाउनका अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले खोलामा जथाभावी भौतिक संरचना निर्माणमा रोक लगाउने भएको हो ।

जग्गा धनीले खोला किनारमा घर बनाउदा अधिकतम २० मीटर र न्युनतम ४ मिटर छोडेर घर बनाउनु पर्नेछ ।

कुन खोलामा कति मिटर छोड्नु पर्ने

१. बाग्मती, विष्णुमती र मनोहरा खोलामा २०/२० मिटर
२. धोवीखोलाको हकमा धोवीखोला आयोजना भएको स्थानमा प्रोजेक्टको प्लानिङ्ग अनुसारको दरी र प्लानिङ्ग बाहेको स्थानमा ९/९ मिटर
३. नख्खु खोलमा १२/१२ मिटर
४. बल्खु, कर्मनासा, कोड्कु, साङ्ले र महादेव खोलमा १०/१० मिटर
५. करखुसी खोलामा ६/६ मिटर
६. टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलामा ४/४ मिटर र कुनै पनि खोलाको खोल्सी र राजकुलो छोप्न पाइने छैन ।
७. हनुमन्ते खोला बग्ने नगरोन्मुख गाविसहरुमा समेत खोलाको किनारामा २० मिटर छाडी निर्माण गर्न पाइने छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका खोला-नालालाई ब्यवस्थित र स्वच्छ पार्ने काम गरिरहेको छ ।
नदी किनारमा निर्माणमा हुने भौतिक संरचनाले बाग्मती स्वच्छ अभियानमा प्रभाव पर्न सक्ने समितिले जनाएको छ ।

नदी किनारमा कुनै भौतिक संरचना निर्माण गर्नु पूवै समितिबाट समन्वय एवं स्वीकृती लिएर काम गर्नु पर्ने हुन्छ । समन्वय एवं स्वीकृती वा मापदण्ड विपरित कुनै प्रकारको काय गरिएको खण्डमा कानुन अनुसार कारबाही हुने समितिले जनाएको छ ।


पुष्प दुलाल