बजाजको ग्राण्ड एक्सचेज मेला भोलिदेखि, पुरानोसँग नयाँ साटिने



काठमाडौं । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले ‘ग्राण्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ ।

‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने मुलनाराका साथ काठमान्डौको भृकुटी मण्डपमा मंसिर ७ गते देखि ११ गतेसम्म मेला आयोजना हुन गइरहेको छ ।

‘ग्राण्ड एक्सचेज मेला’ नेपालकै सबैभन्दा ठुलो बाइक एक्सचेन्ज मेला हुने कम्पनीले विश्वास लिएको छ । यस अवसरमा ग्राकहले कुनै पनि ब्राण्डका मोटर साइकल र स्कुटरहरु ल्याएर बजाजका मोटरसाइकलसंग साट्न सक्नेछन् ।

साथ,ै मेलालाई भव्य बनाउन कम्पनीले आर्कषक गिफ्ट ह्यामपरहरु समेत राखेको छ । हरेक दिन भाग्यशाली एक जना ग्राहकले लक्की ड्र बाट सामसुङ मोवाइल जित्न सक्नेछन् ।


पुष्प दुलाल