किसान माइक्रोफाइनान्सको सेयर लिलामीमा बिक्री हुने



काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थानले लिलामीमा सेयर बिक्री गर्ने भएको छ ।

सेयर खरिदका लागि यही मंसिर १३ गतेदेखि १९ गतेसम्म बोलपत्र आह्वानमा पेश गर्नुपर्ने छ ।

किसान माइक्रोफाइनान्स वित्तीय संस्थानले हकप्रदको लागि मिति २०७४ असोज ४ गतेदेखि कार्तिक ७ गतेसम्म विक्री खुल्ला गरेको थियो । जसमा १ हजार ३ सय ५१ कित्ता सेयरको बिक्री नभएको हो ।

बोलपत्र सिभिल क्यापिटल मार्केट सुन्धारा,सिभिल बैंक र किसान माइक्रो फाइनान्सबाट भर्न सकिने छ ।


क्लिकमान्डु