आधा भन्दा धेरैले नेपाल टेलिकमको डाटा चलाउँछन



काठमाडौं। डाटा र इन्टरनेट प्रयोगकर्ताको आधारमा नेपाल टेलिकमले सबैभन्दा धेरै बजार हिस्सा ओगटेको देखिएको छ ।

नेपाल टेलिकमले ५२.७६ प्रतिशत डाटा बजारको हिस्सा ओगटेको हालै नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकमा सबैभन्दा धेरै बजार हिस्सा लिएर नेपाल टेलिकम अग्रस्थानमा छ भने दोस्रो स्थानमा ४४.०३ प्रतिशतको बजार हिस्सा सहित एनसेल दोस्रो स्थानमा रहेको छ ।

नेपाल टेलिकम र एनसेलले मात्रै कुल बजार हिस्साको ९६.७९ प्रतिशत ओगट्छन् । बाँकी नगन्य बजार हिस्सा अन्य कम्पनीहरुको रहेको छ ।
केबल १.७१ प्रतिशत बजार मात्र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको भागमा रहेको छ ।

त्यसैगरि १.११ प्रतिशत बजार हिस्सा सहित स्मार्ट टेलिकम चौथो स्थानमा रहेको छ भने पाँचौं स्थान शुन्य दशमलब ३९ प्रतिशतसहित यूटिएलले ओगटेको छ ।

डाटा तथा इन्टरनेटको बजारमा सिजी टेलिकम पनि हरेको देखिन्छ जसको बजार हिस्सा नगन्य अर्थात ०.०००१ प्रतिशत मात्र रहेको छ ।

पछिल्लो तथ्यांकअनुसार डाटा वा इन्टरनेट सेवा दिनेको संख्या घटेको देखिएको छ ।प्राधिरकणको तथ्यांकअनुसार भाद्र महिनामा ६१.५८ प्रतिशतले डाटा वा इन्टरनेट सेवा लिएका छन जून अघिल्लो महिनाको तुलनामा कम हो ।

तथ्यांकअनुसार श्रावण महिनामा डाटा वा इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या ६१.९९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु