बल्र्डलिंकको अफरः साथीलाई इन्टरनेट जोड्ने सल्लाह दिए बापत स्मार्ट फोन



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले साथीलाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिए बापत स्मार्ट फोन पाउनुहोस् भन्ने नारा सहित एककान दुई कान आफरको नयाँ योजना सार्वजनिबक गरेको छ ।

आफ्ना साथीभाई या नातागोतालाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिना सम्म निशुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्नको साथै स्मार्ट फोन समेत पाउनु सक्ने कम्पनीले जनाएको छ ।

अफर पाउनका लागि तपाईले आफ्ना आफन्त लगायत साथीहरुलाई वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाह दिने शर्तको पालना गर्नुपर्ने हुन्छ । तपाईले दिएको शल्लाह अनुसार वल्र्डलिंकको सेवा जडान गर्नु भयो भने तपाई र साथीले एक–एक महिना वल्र्डलिंकको निशुल्क इन्टरनेट सेवा चलाउन पाउने छन् ।

त्यस्तै तीन जनालाई सल्लाह दिएर वल्र्डलिंकको सेवा जडान गरेमा तीन महिनासम्म निशुल्क इन्टरनेट सेवा चलाउन दिने कम्पनीले जनाएको छ ।

तपाइको सल्लाह अनुसार ४ जनाले वल्डलिंकको नेट जडान गरेमा ३ महिनाको इन्टरनेट र नेटटिभी निशुल्क साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउने छन् ।

त्यस्तै ६ जनाले तपाईको सल्लाहमा सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र तीन महिनाको नेटटीभी निशुल्क र साथै स्मार्ट फोन उपहार स्वरुप पाउनु हुनेछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु