ओपोद्वारा एफफाइभको ‘फर्स्ट सेल’ शुरु



काठमाडौं। ओपोले नयाँ स्मार्टफोन एफफाइभको विक्रि नेपाल आइडलहरुको साथमा शुरु गरेको छ ।

ओपो एफफाइभ नेपाली बजारमा ब्राण्डकै पहिलो एफएचडी+ फूल स्क्रिन डिस्प्ले मोडल हो । यसमा कम्पनीले अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध गराएको छ । सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने दावी गरिएको एफफाइभ ३३ हजार ९ सय ९० रुपैयाँमा देशभरका विक्रि केन्द्र मार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

बर्षौँको आरएण्डडी पश्चात नेपाली बजारमा सेल्फी फिचरमा आर्टिफिसियल ईन्टेलिजेन्सी सहित सार्वजनिक गरिएको ओपो एफफाइभ नै पहिलो स्मार्टफोन भएको कम्पनीको दाबी छ । यसले ग्लोबल डाटाबेस अनुसार अनुहारको आकार तथा प्रकारको पहिचान गर्छ । सेल्फीलाई थप प्राकृतिक र वास्तविक बनाउने सोचका साथ आरएण्डडीको प्रक्रिया दौरान ब्यवसायिक फोटोग्राफर्स तथा मेक–अप आर्टिस्टहरु संग परामर्श लिइ यसको विकास गरिएको हो ।

‘फस्र्ट सेलका दौरान उपभोक्ताबाट प्राप्त प्रतिक्रियाबाट हामी निकै उत्साहित छौँ, भविष्यमा थप आकर्षक तथा उत्कृष्ट उत्पादन उपलब्ध गराउन यसले हामीले प्रोत्साहित गरेको छ,’ ओपो नेपालका सीईओ बबी झाओले भने ।

 

ओपो एफफाइभ गोल्ड एडिशनको सफल सार्वजनिक पछि ओपो फ्यान्स तथा यूवाहरुलाई आफ्नो चाहना तथा आवश्यकता अनुसार थप छनोटको अवसर प्रदान गर्ने सोचका साथ कम्पनीले आउँदा महिनामा एफफाइभ ६जीबी एडिशन र एफफाइभ योथ एडिशनपनि क्रमिक रुपमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु