आफ्नै भवनमा सर्यो हाथवे इन्भेष्टमेन्ट




काठमाडौं । आइएमई समुहद्रारा प्रवद्र्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लैनचौरस्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा सरेको छ । नयाँ भवनको उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरे ।

सो अवसरमा कम्पनीका संचालकहरु तथा समुहमा सम्वद्घ पदाधिकारीहरुको उपस्थिति थियो । स्थापनाको छोटो समयमा नै पुँजीबजारमा आफ्नो छुटै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उदेश्य सुचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ ।

पुँजिबजारका अलवा दीर्घकालीन लगानीका रुपमा रियलस्टेट, हाईडोपावर, विमा ब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको सो कम्पनीले विगतमा समस्याग्रत रहेका एनवि इन्स्योरेन्स र अरुण फाईनान्सको शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलतापूर्वक संचालनमा ल्याएको छ ।

उद्घाटनको अवसरमा अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापीटलमा कार्य गर्दै निजी क्षेत्रको उत्कृष्ट लगानी कम्पनीको रुपमा स्थापित गराउने बताए । प्रबन्ध संचालक अम्बिका प्रसाद पौडेलले विगतको आरोह अवरोहका बीचमा कम्पनीले गरेको प्रगति कम्पनीका लगानीकर्ता तथा संचालकहरुको विषेश योगदानको प्रतिफल रहेको बताए ।

नेपाल स्टक एक्सचेन्जको ओ.टि.सी मार्केटमा सुचिकृत सो कम्पनीको शेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केट मार्फत शेयर खरिद विक्रीगर्न सक्ने र कम्पनीको ५० रुपैयाँ प्रतिकित्ता शेयर १२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।


क्लिकमान्डु