प्रचण्ड निवासमा समवेदना प्रकट गर्न देउवा र ओली



काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधनमा समवेदना गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली प्रचण्ड निवास लाजिम्पाट पुगेका छन् ।

एउटै समयमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली प्रचण्ड निवास पुगेका थिए ।

प्रचण्डका छोरा प्रकाशको आइतबार बिहाना हृदयघातका कारण निधन भएको थियो ।

प्रधानमन्त्री देउवा डलेधुरा तथा ओली बिराटनगरबाट आज काठमाडौं फर्केका हुन् ।

प्रचण्डसँग कुरा गर्दा देउवा र ओली एउटै सोफामा बसेका छन् ।

चुनाव नजिकिदै जादा देउवा र ओलीले एक अर्का विरुद्ध आक्रमक प्रचार गरिराखेका छन् ।


क्लिकमान्डु