यसकारण हुन्छ हृदयघात, कसरी बच्ने ?
काठमाडौं । पछिल्लो समय हृदयघात अर्थात् हर्टअट्याकले धेरै मानिसहरुको ज्यान लिन थालेको छ । आइतबार मात्रै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्रको हृदयघातका कारण मृत्यु भएको छ ।
३६ वर्षको युवा उमेरमै प्रकाश दाहालको हृदयघातका कारण मृत्यु भएको हो ।
यसकारण हुन्छ
शहरीया जिबनशैली हृदयघातको एक महत्वपूर्ण कारण हो । खानपानमा ध्यान नदिँदा र आवश्यक शारिरिक व्यायमको अभावमा हृदयघातको खतरा बढी हुने डाक्टरहरुको भनाई छ ।
अर्को कारण भनेको मदिरा तथा सूर्तीजन्य पदार्थको प्रयोग हृदयघातको ठूलो कारण हो । त्यसैगरी, मोटोपना पनि हृदयघातको अर्को कारण हो । मोटोपना भएपछि शरिरमा कोलस्ट्रोलको खतरा बढी हुन्छ । कोलस्ट्रोल भएको व्यक्तिलाई हृदयघात हुने संभाव बढी हुन्छ ।
मानसिक तनाव, चिन्ता, भय र उदाशिनता, उच्चरक्त, कोलेस्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनले हृदयघात हुनमा मद्दत गर्छन् ।
लक्षण के ?
-हृदयघात हुँदा छातीको बीच भागमा छुरीले रोपेजस्तो, डोरीले कसेजस्तो वा ढुंगाले थिचेजस्तो पीडा हुन्छ ।
-अलिकति हिँड्दा पनि दम बढ्छ भने बुझ्नुहोस तपाईलाई हृदयघातको खतरा छ ।
-मुटु धेरै ढिलो वा धेरै छिटो चल्यो भने मुटुले राम्रोसँग पम्प गर्न सक्दैन । र, हृदयघातको खतरा हुन्छ ।
बच्नलाई के गर्ने ?
-घिउ, तेल, नौनी, छाली, वटर र वोसो चिल्लो पदार्थ पाइने खाद्य पदार्थ खानु हुँदैन ।
-मुटुरोगीले माछामासु नखाँदा राम्रो । माछामासु खाएमो कोलस्ट्रोल बढ्छ । र, त्यसले हृदयघातको खतरा बढाउँछ ।
-बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुदैन ।
-टन्न खाने बानी छ भने त्यो हटाउनुपर्छ ।
-साँझ सकेसम्म खाना नखाने ।
-दाल, तरकारिको सुप, उसिनेको सागसब्जी खाने ।
-चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बोनिकपेय, अल्कोहलिकपेय र बढी नुन र नुनिलो जिनिस नखाने ।
-नियमित व्यायाम अर्थात् दैनिक आधादेखि १ घन्टा मर्निङ वाक गर्ने ।
-मुटु रोगीका लागी बिश्राम अत्यावश्यक छ । रातीको खाना पचिसकेपछि मात्रै सुत्ने बानी बसाल्नुपर्छ ।
-दिउसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति अबेर सुत्नु मुटुरोगीका लागि हितमा हुँदैन ।
-तनावरहित जिन्दगी जिउन सक्नुपर्छ ।
-जिबनमा अति महत्वकांक्षा राख्नु हुँदैन ।
-नाम, दाम र शक्तिका पछाडि मरीहत्ते गर्ने बानी मुटुका लागि राम्रो होइन ।