सुविधा सम्पन्न नयाँ भर्सनको इकोस्पोर्ट नेपाली बजारमा, मूल्य कति ?



 

काठमाडौं । फोर्डको स्टाइलिस र बलियो नयाँ इकोस्पोर्ट नेपाली बजारमा आइपुगेको छ । फोर्डको नेपालका लागि आधिकारिक वितरक जिओ अटोमोबाइल्सले उक्त गाडी नेपाली बजारमा उपलब्ध गराएको हो । नयाँ फोर्ड इकोस्पोर्टमा १५ सय भन्दा बढी नयाँ पार्ट्स राखेर निर्माण गरिएको तथा बढी शक्तिशाली इन्जिन र अझै राम्रो रुपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ । नेपालमा कति मूल्य पर्छ भन्ने कम्पनीले नखुलाएपनि भारतीय बजारमा भने ७ लाख ३१ हजार भारु देखि ८ लाख ७१ हजार भारु सम्म रहेको छ ।

‘नयाँ फोर्ड इकोस्पोर्ट फन, स्टाइल र टेक्नोलोजीको संगम हो’ फोर्डका प्रेसिडेन्ट र प्रबन्धक निर्देशक अनुराग मेहरोत्रा ले बताए । यो नयाँ इकोस्पोर्ट, पहिलाको इकोस्पोर्ट भन्दा अझै राम्रो देखिनुका धेरै कारण मध्ये आकर्षक वाहिरी वनावट एक हो । यसमा राखिएको इन्जिन पहिलाको इकोस्पोर्टको तुलनामा सानो, हलुका र कार्यकौशलपुर्ण रहेको छ । नयाँ इकोस्पोर्ट पेट्रोलमा १.५ लिटर टीआई–भीसीटी तीन सिलिन्डरयुक्त इन्जिन राखिएको छ र यसले १२३ पीएसको पावर दिन्छ ।

नयाँ फोर्ड इकोस्पोर्टमा नयाँ प्रविधिका साथै भरपुर सुरक्षा, स्टाइल र फन सबैमा ध्यानमा राखेर बनाइएको छ । यस कारण फोर्डले कम्प्याक्ट एसयूभी सेगमेन्टको बजारमा ठूलो नाम कमाएको दावी गरेको छ । यो कम्प्याक्ट एसयूभीमा सुरक्षालाई ध्यानमा राखी ड्युअल फ्रन्ट एयरब्याग र एबीएस रहेको छ । चालकको अझै बढी सुविधाको लागि अटोमेटिक ट्रान्समिसन तथा ८ इन्चको फ्लोटिङ टचस्क्रिन रहेको छ । साथै इमर्जेन्सी ब्रेक असिष्ट र ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता सुरक्षा सम्बन्धी सुविधा यो गाडीमा पाइन्छ ।

फोर्ड इकोस्पोर्टले पेट्रोल इन्जिनमा म्यानुअल ट्रान्समिसनका साथै ६-स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध गराएको छ भने डिजेल गाडी मन पराउनेहरुका लागि नयाँ इकोस्पोर्ट ५-स्पिड म्यानुअल ट्रान्समिसनमा १.५ लिटर टीडीसीआई डिजेल इन्जिन छ । उक्त इन्जिनले १०० पीएस पावर दिन्छ भने यसको माइलेज २३ किलोमिटर भएको बताइएको छ । दुबै गाडीमा इन्टरटेन्मेन्टको पुरै सुविधा छ । साथै आफ्नो स्मार्टफोनमार्फत फोन गर्नका लागि आवश्यक सुविधा समेत उपलब्ध छ ।

एसयूभीमा भएको एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबलले चालकहरुलाई फोन गर्न, म्यासेज पठाउन र पाउन, बाटोको दिशा हेर्न र अझै धेरै फोन सम्बन्धी कार्य गाडी चलाएको बेला गर्नलाई सजिलो बनाएको छ ।

फोर्डको यो नयाँ एसयूभीलाई विश्वभर प्रख्यात फोर्ड डिजाइनमा आधारित गरी बनाइएको छ । एलईडी डेटाइम रनिङ लाइट राख्नुका साथै नयाँ प्रोजेक्टर हेडल्याम्प पनि रहेको छ । इकोस्पोर्टको डिजाइन र इन्जिनियरिङ टिमले यो एसयूभीलाई राम्रो बनाउन १० लाख घण्टा भन्दा बढी समय कम्प्युटरको अनुसन्धान र २ सय भन्दा बढी घण्टा एरोडाइनामिक्सको बुझाइमा लगाएको कम्पनीले जानकारी दिएको छ । नयाँ फोर्ड इकोस्पोर्ट विभिन्न सातवटा रङमा उपलब्ध भएको कम्पनीले बताएको छ ।


पुष्प दुलाल