यी हुन् लाखौं तलब पाइने नेपालका १५ जागिर



काठमाडौं । नेपाल विस्तारै उदयीमान भइरहेको र द्रुत आर्थिक विकासको बाटोमा अघि बढ्न खोजिरहेको देश हो । वितेका केही वर्षदेखि नेपालमा रोजगारी सिर्जना पनि बढिरहेको छ ।

देशभित्र रोजगारी नपाएपछि धेरै नेपालीहरु रोजगारी खोज्दै विदेशिने गरेका छन् । दैनिक १५ सयको हाराहारीमा मान्छेहरु बैदेशिक रोजगारीमा जाने गरेको बैदेशिक रोजगार विभागले जनाएको छ ।

के नेपालमा राम्रो तलब/भत्ता भएको जागिर पाइँदैन त ? पाइन्छन् । तर, ती जागिरहरु के के हुन् ?

फाइनान्सियल म्यानेजर

फाइनान्सियल म्यानेजरले औषतमा १ लाख १७ हजार रुपैयाँ मासिक तलब पाउँछन् । यो पदमा जागिर खानका लागि एकाउन्ट र फाइनान्समा मास्टर्स डिग्रीको शैक्षिक योग्यता आवश्यक पर्छ । त्यसबाहेक १०÷१५ वर्षको अनुभव पनि आवश्यक पर्छ ।

नेट डेभ्लपर

यो जागिरमा मासिक औषतमा १ लाख १० हजार तलब पाइन्छ । यो जागिर खानका लागि डिप्लोमासम्मको अध्ययन आवश्यक पर्छ । त्यस्तै, ५ वर्षको अनुभव तथा नेटसम्बन्धी ट्रेनिङ गरेको भएपुग्छ ।

एसिस्टेन्ट सीइओ

यो जागिरले मासिक औषतमा १ लाख रुपैयाँसम्म कमाई गर्ने अवसर मिल्छ । यो जागिरका लागि २ वर्षको अनुभव भए पुग्छ ।

सीइओ

कम्पनीको सीइओ अर्को आकर्षक जागिर हो । यो जागिरमा मासिक औषतमा १ लाख रुपैयाँ हुन्छ । १३÷१४ महिनाको अनुभव यो जागिरका लागि आवश्यक पर्छ ।

फिजिसियन जनरललिष्ट

फिजिसियनले नेपालमै मासिक ८५ हजार रुपैयाँ मासिक कमाउन सक्छन् । तर २ वर्ष कामको अनुभव भने हुनुपर्दछ ।

रिजनल सेल्स म्यानेजरः
रिजनल सेल्स म्यानेजरको नेपालमा ६६ हजार रुपैयाँ थोरैमा तलव रहेको छ । त्यसको लागि सोहि किसिमको अध्ययन र ३ वर्षको दक्षता आवस्यक पर्दछ ।

जनरल म्यानेजर

जनलरल म्यानेजरको तलव ६० हजार रुपैयाँबाट सुरु हुने गर्दछ । कर्पोरेट आउस तथा बैंकवित्तहरुमा रहने उक्त पोजिसनको लागि ५ वर्षको अनुभव आवश्यक रहन्छ ।

प्रोजेक्ट म्यानेजर

प्रोजेक्ट म्यानेजरको नेपालमै थोरैमा पनि ५० हजार रुपैयाँ तलव हुन्छ । त्यसको लागि अनुगमनको क्षमता तथा व्यवस्थापनमा दक्षता भएको हुनुपर्दछ । जसको लागि ५ वर्षको अनुभव आवस्यकता पर्दछ ।

एकाउन्ट म्यानेजर

एकाउन्टिङ म्यानेजरको तलव नेपालमा मासिक ५० हजार बाट सुरु हुने गरेको छ । त्यसको लागि शैक्षिक योग्यताको साथै ५ देखि १० वर्षसम्मको अनुभव आवस्यकता पर्दछ ।

निर्देशक

कुनै पनि संस्था तथा कम्पनीहरुमा निर्देशक पद हुने गरेको छ । निर्देशक पदको ५० हजार रुपैयाँबाट तलव सुरु हुने गरेको छ । जसको लागि शैक्षिक योग्यतासँगै ६ वर्षको कामको अनुभव अनिवार्य हुन्छ ।

सिष्टम एनलाइसिष्ट

सिष्टम एनलाइसिष्टको पनि तलव ५० हजार रुपैयाँबाट सुरु हुन्छ । जसको लागि २ देखि ५ वर्षको अनुभव अनिवार्य हुन्छ ।

आर्किटेक्च

नेपालमा आर्किटेक्च जागिर झनै महत्वपूर्ण हुदै गएको छ । आर्किटेक्चले मासिक ५० हजार जागिरको सुरुवात गरेसंगै पाउँछन् । कामको अनुभवको आधारमा अर्किटेक्चहरुले नेपालमै लाखौ रुपैयाँ कमाउने गरेका छन् ।

इन्जिनियर

इन्जिनियर भन्नाले धेरै थरी र किसिमका हुने गरेका छन् । नेपाल इन्जिनियरको झनै महत्व हुने गरेको छ । जसले नेपालमा जागिर सुरु गरेको दिनमै ५० हजार रुपैयाँबाट तलव सुरु हुन्छ ।

सप्लाई चेन म्यानेजर

सप्लाई चेन म्यानेजर बढी मात्राका ठूला उद्योग र कर्पोरेट हाउसहरुमा हुने गरेको छ । दक्ष तथा अनुभवी चेन म्यानेजरहरुको तलव ४३ देखि ४५ हजार बाट सुरु हुन्छ । त्यसको लागि अनुभव भने अनिवार्य शर्त हो ।

वेब डिजाइनर

डिजिटल युगमा वेब सबै कम्पनी र व्याक्तिको अनिवार्य सर्त हो । सवैले आफ्नो कम्पनी र संस्थाको वेब बनाउने गर्दछन् । त्यसैले पनि वेव डिजाइनरहरु विश्वमै व्यस्त जागिर हो । जसले मासिक नेपालमा पनि ४१ हजार बाटै जागिरको सुरुवात गर्दछन् ।


पुष्प दुलाल