नेपाली युवा कपिल नेपाल अष्ट्रेलियाको टप १०० होमलोन व्यवसायीको लिस्टमा



काठमाडौं । नेपाली युवा कपिल नेपाल अष्ट्रेलियाको टप १०० होमलोन फाइनान्स व्यवसायीको लिस्टमा ६३ नम्बरमा पर्न सफल भएका छन् ।

पाल्पाको रिप्दीकोट गाउँपालिका ३ हार्थोकका नेपाल अष्ट्रेलियाको एमपिए म्यागेजिनको मा वार्षिक रुपमा प्रकाशित हुने अष्ट्रेलियाको टप १०० ब्रोकरमा ६३ नम्बरमा पर्न सफल भएका छन् ।

नेपाल सन् २०१६ को सूचिमा ८२ औ नम्बरमा परेका थिए । सन् २०१७ को सूचिमा उनी अघिल्लो वर्षभन्दा २० औ स्थान उक्लन सफल भएका हुन् ।

अष्ट्रेलिया १८ हजारको संख्यामा अष्ट्रेलियन ब्रोकरहरुले आफूले लेखेको लोनको भोल्युमको आधारमा भागलिन पाउने र यसरी भाग लिएका मध्येबाट टप १०० जनाको लिस्ट छानिने गर्दछ ।

६३ औं नम्बरमा पर्न सफल भएका नेपालले यो सफलता आफ्नो मात्र नभएर नेपाल र अष्ट्रेलियामा बस्ने सम्पूर्ण नेपाली समुदायको सफलता रहेको बताए ।

बिगत पाँच बर्षमा करिब ५०० भन्दा बढी ग्राहकलाई होमलोन लिन सहयोग गरेका कपिल नेपालले यस्को श्रेय गुणस्तरीय ग्राहक सेवा र ईमान्दारितापुर्वक गरेको काम को प्रतिफल मान्छन् ।


क्लिकमान्डु