केयर रेटिङले पायो रेटिङ ऐजेन्सीको लाइसेन्स



काठमाडौं । सेयर निस्कासनमा रेटिङ गर्ने कम्पनी थपिएको छ ।

अहिलेसम्म इक्रा नेपालले मात्र रेटिङको काम गर्दै आएकोमा धितोपत्र बोर्डले केयर रेटिङ नेपाल लिमिटेडलाई पनि रेटिङ एजेन्सीको लाइसेन्स दिएको हो ।

केयर रेटिङ नेपाल र भारतको सयुक्त लगानीको कम्पनी हो ।

यसमा केयर रेटिङ इन्डियाको लगानी रहेको छ । धितोपत्र बोर्डका सहायक निर्देशक निरन्जय घिमिरेले केयरले क्रेडिट रेटिङको अनुमति पाएको जानकारी दिए ।

केयर रेटिङको नेपाली लगानीकर्ताको तर्फबाट विनोद आत्रेय रहेका छन् । सिइओमा सजन गोयल रहेका छन् ।

धितोपत्र तथा ऋणपत्रको निस्कानमा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था छ । रेटिङ अनुसार कम्पनीमा सेयर लगानी गर्न योग्य भएको वा नभएको विषय जानकारी आउँछ ।

रेटिङ कम्पनीले खराब रेटिङ दिएपनि आइपियो निस्कासनमा यसको प्रभाव भने परेको हुँदैन ।

केयर नेपालमा केयर इन्डियाको ५१ प्रतिशत लगानी छ । यस्तै विशाल ग्रुपको १० प्रतिशत,इमर्जिङ नेपालको १० प्रतिशत तथा चारवटा बैंक र बीमा कम्पनीको गरेर ५ प्रतिशत लगानी छ ।

५ प्रतिशत सेयर ग्लोबल आइएमई बैंक,नेपाल पुर्नबीमा कम्पनी,प्रुडेन्सियल इन्स्योरेन्स र एलआईसी नेपालको रहेको छ ।


क्लिकमान्डु