तपाईंलाई थाहा छ, कहिलेदेखि रक्सी बनाउन थालियो ? वैज्ञानिकले भेट्टाए यस्तो तथ्य



वैज्ञानिकहरुले ८ हजार बर्ष पुरानो रक्सी बनाउन प्रयोग हुने माटाको भाडा पत्ता लगाएका छन् । उनीहरुले जर्जियामा ८ हजार बर्ष पुरानो अंगुरबाट रक्सी बनाउन प्रयोग गरिने माटोको भाडा भेटाएका हुन् ।

खोजकर्ताहरुका अनुसार अंगुरबाट रक्सी बनाउने सुरुवाताको प्रमाण हुनसक्छ । माटोको भाडा जर्जियाको राजधानी तबलिसीको दक्षिणी इलाकाको २ स्थानमा फेला पारिएको हो ।

यसअघि रक्सीको सबैभन्दा पुरानो प्रमाण इरानमा फेला परिएको थियो । इरानमा फेला परिएको भाडोको उमेर ७ हजार बर्ष बताइएको थियो ।

यो ठाउँ नवपाषाण युगसँग सम्बन्धित छ । यसमा रक्सीको केहि अवशेष पनि प्राप्त भएको छ । केही भाँडामा अंगुरको गुच्छा र नाचिरहेको मानिसको तस्विर छ । जर्जियामा प्राप्त भएको नयाँ बस्तुको बारेमा प्रोसीडिग्स अफ द नेसनल एकेडमी अफ साइन्समा रिसर्ज रिर्पोट प्रकाशित छ ।

‘यो जंगलमा फल्ने यूरेशियाई अंगूरबाट रक्सी बनाउने सबैभन्दा पुरानो उदारण हो,’ टोरोन्टो यूनिभसिटीका सिनियर रिसर्चर तथा रिसर्चका सह-लेखक स्टिफन बाट्युकले भने, ‘मलाई थाहा छ पश्चिम सभ्यतामा रक्सीको खास स्थान छ, सामाजिक स्तर, मन भुलाउनका लागि समाजदेखि अर्थव्यवस्थासम्म तथा औषधी र खानपानको केन्द्रमा रक्सीको उच्च स्थान छ ।’

यसअघि रक्सीको सबैभन्दा पुरानो प्रमाण इरानमा फेला परिएको थियो । इरानमा फेला परिएको भाडोको उमेर ७ हजार बर्ष बताइएको थियो ।सन् २०११ मा अर्मेनियाको एउटा गुफामा ट हजार पुरानो रक्सीको अवशेष भेटिएको थियो ।

संसारको सबैभन्दा पुरानो अंगुर बिनाको रक्सी ७ हजार बर्षको भेटिएको बताइएको छ । चीनमा भेटिएको यो रक्सी चामल, मह र फलबाट बनेको थियो । बीबीसी हिन्दीबाट


पुष्प दुलाल