लक्ष्मी बैंकले एकै दिन खोल्यो दुई नयाँ शाखा



काठमाडौं । लक्ष्मी बैंकले कनचनपुरको झलारी र कैलालीको बौनियामा एकै साथ दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी दुबै जिल्लाहरुमा बैकंको दोस्रो शाखाहरु हुन् ।

थप दुई शाखासहित बैंकको शाखा संजाल ७४ पुगेको छ । साथै ३ हस्पिटल सेवा काउन्टर, ९५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् र ४०० भन्दा बढि मोबाईल एजेन्ट पुगेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

शाखाको विस्तारसँगै बैंकले आफ्ना ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजना र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवा प्रदानगरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको जनाएको छ ।

विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका सानातथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्दै आएको छ ।


क्लिकमान्डु