अब फेसबुकमा समाचार सेयर गर्न पैसा तिर्नुपर्ने !



काठमाडौं । फेसबुकले विजनेश हाउस, संचार माध्यम तथा अन्य विजनेश लिंकहरु निशुल्क शेयर गर्न प्रतिबन्ध लगाउने परिक्षण सफल हुदैं गएको जनाएको छ ।

फेसबुकमा अनलाइनका समाचार शेयर गरेर लाखौ भिजिटर पुर्याउने अनलाईन पोर्टलहरुले अव कुनै पनि लिंक शेयर गर्दा पैसा तिर्नुपर्ने नियम लगाउने तयारी गरेको छ ।

हाल भने परिक्षणको रुपमा फेसबुकले लिंक शेयरहरुलाई रोक्ने र खुल्ला गर्नेक्रम जारी राखेको छ । पछिल्लो समय धेरै समाचारका लिंक शेयर गर्ने फेसबुक प्रयोगकर्तालाई ब्लक समेत गर्दै आएको छ । यसले के देखाउँछ भने फेसबुकले निकट भविष्यमै कुनै पनि लिंकहरु शेयर गर्नको लागि पैसा तिर्नुपर्ने नियम लगाउने अन्तिम तयारी गरेको बुझिन्छ ।

फेसबुकका संस्थापक मार्ग जुकरवर्गले केही महिना अगाडी फेसबुकमा तथ्यहिन समाचार शेयर हुदाँ बदनाम भएको भन्दै निकट भविष्यमै रोक्ने घोषणा समेत गरेका थिए । त्यो लगत्यै तयारी थालेको फेसबुकले समाचारको लिंक शेयर गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ ।

अव समाचार शेयर गर्नको लागि प्रत्येक पटक पैसा तिर्नुपर्ने हुन्छ । यसबाट फेसबुकले आम्दानी ह्वात्यै बढाउने प्रक्षेपणहरु गरिएका छन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार ६ वटा देशमा परिक्षणको रुपामा हाल यो कार्य फेसबुकले गरिरहेको छ । जसमा श्रीलंका, बोलिभिया, स्लोभाकिया, सर्विया, गटेमाला र कम्बोडियामा परिक्षण भइरहेको छ ।

उक्त परिक्षाण गरिएका देशहरुमा सफल भइरहेको समेत कम्पनीले जनाएको छ । विश्वभरका अनलाईन पोर्टलहरुका लागि फेसबुक मुख्य स्रोत भइसकेको दावी समेत कम्पनीले गरेको छ । सर्च इन्जिन गुगल मार्फत सर्च गर्ने समेत घटीरहेको दावी कम्पनीले गरेको छ ।


क्लिकमान्डु