अन्डर-१९ एसिया कप: नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग भिड्ने




काठमाडौं । बंगलादेशले भारतलाई ८ बिकेटले पराजित गरेसँगै नेपाल अन्डर-१९  एसिया कपको सेमिफाइनलमा प्रबेश गरेको छ । अब नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

आज भएको समुह चरणको खेलमा नेपालले मलेसियालाई ८ बिकेटले पराजित गरेको थियो भने अर्को खेलमा बंगलादेशले भारतलाई ८ बिकेटले पराजित गर्दा नेपालको सेमिफाइनल यात्रा तय भएको हो ।

समुह ए बाट बंगलादेश पहिलो र नेपाल दोस्रो हुँदै सेमिफाइनलमा प्रबेश गरेका हुन् भने समुह बी बाट अफगानिस्तान पहिलो र पाकिस्तान दोस्रो हुँदै सेमिफाइनल प्रबेश गरेका छन् ।

नेपालले समुह ए मा आफ्नो २ खेलमा जीत हाँसिल गरेको छ भने अफगानिस्तानले पनि आफ्नो समुहमा २ खेल जितेको छ ।

यी दुई टिमको खेल निकै प्रतिस्प्रर्धात्मक हुने अनुमान गरिएको छ ।


क्लिकमान्डु